स्वेच्छिक सदस्यता त्याग गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह

पत्रकारिता  क्षेत्रमा क्रियासिल नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ ।

पत्रकारिता क्षेत्रमा क्रियासिल नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मान सहित विदा गर्ने र आबश्यक्ता अनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासंघ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा झण्डै १८ सय जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।

महासंघका प्रदेश महासचिव बिक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गरि गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारण सभाले बनाएको सदस्यता शुद्धिकरण साितिले प्रस्ताव गरे अनुशार लुँिबनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रिय सििमतको बैठकले पारित गरेको सदस्यता शुद्धिकरण मापदण्ड अनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका ब्यक्तिहरुलाई सदस्यता त्याग गर्न आब्हान गरेका हुन् ।

पत्रकार महासंघका नयाँ मापदण्ड अनुसार पत्रकारिता पेशामा तीन बर्ष देखि सक्रिय नरहेको, राजनितिक दलको कुनैपनि समितिको पदाधीकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी, तथा सेवा आयोगको स्थायी। अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थान बाहेक अन्य सस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासंघका महासचिव खड्काको भनाई छ ।

मुख्य पेशा पत्रकारिता बाहेक अन्य रहेका, कहिलेकाही मात्र पत्रकारिता गर्ने गैर सरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रिय समतिले परिपत्र गरसकेकाले स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?