बुटवल । मधेसी आयोगले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाइ बार्षिक प्रतिबेदन बुझाएको छ ।
शुक्रवार प्रदेश प्रमुख्को आर्यालय बुटवलमा आयोगका सदस्य बिजयकुमार गुप्ताले चौथो प्रतिबेदन बुझाएका हुन् । बिधानको धारा २९४ उपधारा ३ बमोजिम विभिन्न आयोगले प्रतिबेदन बुझाउनु पर्ने नियम बमोजिम मधेसी आयोगले आफ्नो प्रतिवेदन पेस गरेको हो ।
आयोगको प्रतिबेदन बुझाउँदै आयोगका सदस्य बिजय कुमार गुप्ताले मधेस र मधेसीका समस्या समाधान गर्न सरकार थप जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख शेरचनले प्रतिबेदन बुझाउने कार्य संविधानले निर्देश गरे बमोजिमको प्रक्रिया रहेको बताए । यो भन्दा पहिला बिबेद हुने गरेको कारण समुदाय तथा बर्ग अनुरुप आयोग गठन गरिएको भएता पनि अहिलेको संविधानले सबै जनताका हक अधिकार सुनिस्चित गरेको भन्दै अझै यसलाइ सुदृढ गरेर अगाडि बढे मात्र सबै जनताले समानताको महसुस गर्ने बताए ।
उनले नेपालको पहिलो राष्ट्रपति मधेसी मुलबाट बनेको भन्दै संबिधानले अधिकार दिएन भन्नू गलत भएको बताए । बर्गिय अन्तर बिरोधको अन्त्य गर्न सम्पूर्ण नेपालीबिच राष्ट्रिय एकता अपरिहार्य भएको भन्दै शेरचनले भने “राष्ट्रिय एकता कायम गर्न आयोगले भुमिका खेल्नु पर्छ ।”












