पाणिनि बहुप्राविधिक शिक्षालयका प्रशिक्षक एवं कर्मचारीहरु आन्दोलित

अर्घाखाँची ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत पाणिनि बहुप्राविधिक शिक्षालयका प्रशिक्षक एवं कर्मचारीहरु पनि राष्ट्रिय आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप हातमा कालोपट्टी बाधेर राज्यलाई झक्झकाएका छन् ।

पेसागत सुरक्षाको ग्यारेन्टी लगायतका माग राख्दै शिक्षालयका शिक्षक एवं कर्मचारीहरु आन्दोलित भएका हुन् । तत्काल विनियावली संशोधन गरी सेवा करारलाई कर्मचारीको रुपमा परिभाषित गर्दै सिटिइभिटी सेवा आयोग गठन गरी खुला विज्ञापनमा उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने उनीहरूको माग रहेको छ। स्थायी पदपूर्ति प्रक्रियामा छनौट हुन नसकेका सेवा करार लाई सेवा करार अवधि अनुसार न्यूनतम प्रतिवर्ष तीन महिनाको तलब बराबरको रकम उपदानको रुपमा व्यवस्था हुनुपर्ने र सेवामा प्रवेश गरिसकेपछि कर्मचारी संचयकोष विधा बीमा तथा अन्य सुविधाहरु अनिबार्य रुपमा स्थायी कर्मचारी सरह हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको शिक्षालयका प्रशिक्षक वरुण रानाभाटले बताएका छन् ।

लामो समयदेखि शिक्षाको क्षेत्रमा राज्य उदासीन बनेको र करारमा शिक्षकहरु नियुक्ति गर्दै जाने तर स्थायित्त्वका सन्दर्भमा राज्यले कुनै चासो नदेखाएको गुनासो उनीहरुको रहेको छ।

आफुहरुको आन्दोलनलाई साथ र सहयोग गरिदिन शिक्षकहरुले शिक्षालय प्रमुख मणि गैरेलाइ पनि आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएको प्रशिक्षक मोहन आचार्यले जानकारी दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?