back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

मृत्यु भइसकेको भन्दै किरिया गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा

spot_img

बिर्तामोड : निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ?

गोरखापत्र दैनिकमा समाचार छ, झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।

कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्‍यो र शवलाई आफन्तको पहिचान नहुञ्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो। सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो। आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए। सुरजका कान्छा काका किरियामा बसे।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे। मंगलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुगेका थिए। सुरजले भने, ‘म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो। खुसीले कोही रुने, कोही कराउने गर्न थाले।’

गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन्। दाइ सुरज विगत तीन वर्षदेखि घर छाडेर हिँडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको बताउँदै विनाले भनिन्, ‘कोटीहोममा मानिस मरेको सुनियो। शवगृहमा हेर्दा दाइको जस्तै खुट्टा लामो देख्यौँ। अनुहार सुन्निएकोले चिन्न सकिएन। दाइ नै हो भन्ने ठम्याएर शव बुझेर ल्यायौँ र संस्कार गर्‍यौँ।’ दाजुको मृत्यु भएको खबर सुनेर कुवेतमा रहेका भाइसमेत स्वदेश फर्किएर आएको बहिनी विनाले बताइन्।

इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी प्रमुख मानबहादुर मिश्रले आफन्तले पनि सबै कुरा बुझेर मात्रै शव जिम्मा लिनुपर्नेमा त्यस्तो नगरिदिँदा समस्या आएको बताए। ‘सद्गत गरेपछि मृतक भनिएका व्यक्ति घर आइपुगेछन्’, उनले भने, ‘त्यो शव वास्तवमा कसको थियो भन्ने खोजी गर्नुपर्ने भएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?