अर्घाखाँचीमा कांग्रेसको नाराः ‘मान्छे बेच्न पाईदैंन, यस्ता सांसद चाहिंदैन’

 नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट प्रतिनिधीत्व गर्ने सांसद टोपबहादुर रायमाझीको नाम मुछिएपछी नेपाली कांग्रेसका भातृसंस्थाहरुले विरोधसभा गरेका छन् ।

नेपाली कांग्रेसका भातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतले अर्घाखाँचीकाे सन्धिखर्कमा भ्रष्टाचार विरुद्ध विरोधसभा गरेका हुन् ।
‘मान्छे बेच्न पाईदैंन, यस्ता सांसद चाहिंदैन’ ‘ठुला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ’ ‘अर्घाखाँचीको बदनाम गर्न कसैलाई छुट छैन’ जस्ता प्ले कार्ड बोकेर उनीहरुले सन्धिखर्क बजार परिक्रमा गरेका हुन् ।
बजार परिक्रमा पछी शान्ती बगैंचामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु मुस्कानले जिल्लाको सांसद मान्छे बेच्ने जस्तो अपराधिक कार्यमा संलग्न रहेको भन्दै जिल्लाको शिर झुकेको बताउनु भयो । सांसदले कुन दलको प्रतिनिधीत्व गर्छ भन्ने गौंण कुरा भएको भन्दै उहाँले समग्र जिल्लाको बेईजत भएको बताउनु भयो ।

जिल्ला सभापती केशव श्रेष्ठले आफ्नो र अरुको भन्ने बहानामा कसैले उन्मुक्ती पाउन नहुने बताउनुभयो ।  भ्रष्टाचारका कारण देशमा विकासका कामहरु अगाडि बढ्न नसकेको सभापति केशव श्रेष्ठको भनाइ छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु पोख्रेलले भ्रष्टाचारीको कुनै पार्टी, धर्म र आस्था नहुने भन्दै जो सुकै भएपनि कारवाही गर्नुपर्ने बताउनु भयो ।

पुर्ब सभापति कमल प्रसाद भुसालले देशका नागरिकलाई शरणार्थी बनाउने काम अमानवीय भएको बताउनुभयो । उहाँले भ्रष्टाचारीलाई कारबाहीकाे दायरामा ल्याउनु पर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रदेश सदस्य शान्ता भण्डारी, महिला संघकी जानका बञ्जाडे, तरुणदल अध्यक्ष नारायण खड्का, नेविसंघ नेता कृष्ण भुसाल लगायतले मन्तव्य राख्दै भ्रष्टाचारमा दोषी ठहर भए कांग्रेस कसैलाई जोगाउने पक्षमा नरहेको बताएका छन् ।
उपप्रधानमन्त्री समेत भईसकेका व्यक्तीको नाम किर्ते काम र भ्रष्टाचारमा मुछिनु दुखद भएको भन्दै उनिहरुले यो अर्घाखाँचीका जनताको विश्वास माथी ठुलो बेईमानी भएको बताए । चार–चार पटक जिल्लाले जिताएर पठाएका सांसदले अमानविय कार्य गरेको उनीहरुको ठहर छ ।
रायमाझी पक्राउ पुर्जी जारी भएपछी फरार थिए । फरार भएको एघार दिनपछी उनलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको थियो । उनिमाथी थप अनुसन्धान भईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?