गुनासोरहित सेवा प्रवाह कर्मचारीको पहिलो प्राथमिकता : प्रजिअ ढकाल

अर्घाखाँची । हालै सरुवा भई आउनु भएका अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गुनासोरहित सेवा प्रवाह कर्मचारीहरुको पहिलो प्राथमिकता रहेको बताएका छन् । २०८० साल जेष्ठ २ गतेको निर्णयबाट सरुवा भई आएका  प्रजिअ अर्घाखाँचीको लागि राजपत्र प्रथम श्रेणी (सह-सचिव) तेश्रो प्रमुख जिल्ला अधिकारी हुन् ।

निजामती कर्मचारिहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीको संयोजनमा जिल्लामा क्रियाशिल ट्रेड युनियनहरुले संयुक्त रुपमा स्वागत गरेका थिए । स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आफूले जिल्लाको शान्ति सुरक्षा र समग्र सेवा प्रवाहको लागि आफु २४ घण्टा खटिन तयार रहेको बताउदै, कर्मचारीहरुमा देखिएको वितृष्णा सुधार्न हामी सबै लाग्नु पर्ने बताए । ट्रेड युनियनको जायज मागमा आफु पनि निजामती कर्मचारी भएकोले आफूले सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए ।

सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले समग्र निजामती कर्मचारीको समस्या र चुनौती सेवाग्राहीको बारेमा बताउँदै, ट्रेड युनियन तथा समग्र कर्मचारीहरुलाई सकरात्मक क्रियाकलापमा सारिक गराउन अनुरोध गरेका थिए । साथै सिबिए अर्घाखाँचीको पहलमा ट्रेड युनियनहरुको संयुक्त भवन निर्माणको लागि जग्गा उपलब्ध र सम्पूर्ण कर्मचारीहरुको लागि सकरात्मक उत्प्रेरणा हुने खालका कार्यक्रम संचालन गर्न समन्वयन गरिदिन विशेष अनुरोध गर्दै हरेक क्रियाकलापमा ट्रेड युनियनको साथ र सहयोग रहने बताउदै प्रमुख जिल्ला अधिकारीको सफल, सक्षम र जनप्रिय कार्याकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिपकुमार के.सी., जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादवप्रसाद सापकोटा, युनियनका जिल्ला सचिव अर्जुन प्रसाद रेग्मी लगायत सिबिए र विभिन्न ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सिबिएका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह-सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?