लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रको बजेट कटाैती  हुदैन : मन्त्री पाण्डे

भालुवाङ । लुम्बिनी प्रदेश सरकारका आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रको बजेट कटाैती नहुने बताएका छन् ।

दिगो विकास तथा आर्थिक समृद्धिकाे यात्रामा सञ्चार क्षेत्र र पत्रकारिता क्षेत्रको प्रमुख भुमिका रहेको उल्लेख गर्दै पत्रकारीताको बिकासका लागि प्रतिबद्ध रहेको बताए ।


अर्घाखाँचीकाे शितगंगा नगरपालिका ८ भालुबांगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन भएको अनलाइन मिडिया सम्पादन अभिबृद्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।


मन्त्री पाण्डेले पत्रकारीताको बिकासबिना अन्य क्षेत्रको बिकासको सँभव नभएको भन्दै पत्रकारीताको बिकासमा आफ्नो प्राथमीकता रहने बताए । आमजनतामुखी पत्रकारीता आजको आवश्यकता भएको भन्दै उनले जनताको सुख, दुःखसंग जोडीएर सत्य तथ्य सार्वजनीक गर्नसकेमात्र पत्रकारका बिश्वास बढ्ने बताए ।


उनले प्रदेश सरकारले बिनीयोजन गरेको बजेटलाई कार्यान्वयनमा लैजान छिटोभन्दा छिटो कार्यबिधि बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुकाे सहभागीता रहेको तालिमको सहजीकरण सुफल काफ्ले र किरण काैशलले गरेका छन्  । तालिमको उद्घाटन समारोह पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीको अध्यक्षता, उपाध्यक्ष चुमा आचार्यकाे स्वागत मन्तब्य र महासचिव बिक्रम खड्काको सञ्चालनमा सम्पन्न भएको हाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?