आज जुन १ अर्थात विश्व आमाबुवा दिवस ।
“Appreciate all parents throughout the world” विश्वभरिका आमाबुवालाई कदर गरौँ भन्ने अर्थका साथ यस वर्षको आमाबुवा दिवस मनाइँदै छ । सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो ।
सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।
बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्त्व र माया दर्साउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलिका आमाबुवा पनि त हुन् ।













