पाल्पा दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, मृतक सबै अर्घाखाँचीका

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवारेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र पोखराथोककै दुई वर्षीय सुयोग गौतम रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

परियार, विक र गौतमको घटनास्थलमै मृत्यु भएको हो । दुई वर्षीय सुयोगको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल, दुई जनाको चौराहा अस्पताल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिप सडकदेखि ७० मिटर तल खसेको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?