पाल्पाको रैनादेवीमा भएको जीप दुर्घटनाप्रति प्रदेश सभा सदस्य घिमिरेद्वारा दु:ख व्यक्त

लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले आईतबार रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ आउँदै गरेको जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । मंगलबार एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा निधन भएकाप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमग्न परिवार तथा आफन्तजन सम्पूर्णमा गहिरो समवेदना प्रकट गरेका छन् ।

घिमिरेले दुर्घटनामा परि गम्भिर घाईते भई उपचाररत सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । आईतबार रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ आऊँदै गरेको लु १ च ९०२४ नम्बरको डवल क्याव करिब अपरान्ह ५: ३० बजे पाल्पाको रैनादेवी छहरा ०८, सत्यवती स्थित केवँरेछेडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा पाणिनी गाउँपालिकाका गाउँ सभाका सदस्य कृष्ण प्रसाद पोखरेल (विजय) सहित पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र उनका दुई वर्षीय छोरा सुयोग गौतम गरी पाँच जनाको निधन भएको छ । दशजना घाइतेहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रदेश सभा सदस्य घिमिरेले दुर्घटनामा परी घाईते भएकाहरु सम्पूर्णको उपचारमा कमी हुन् नदिन तीनै तहका सरकारसमक्ष माग समेत गरेका छन् । सम्पूर्ण व्यक्ति तथा सम्बन्धित सवैले ट्राफिक नियमको अनिवार्य पालना गरी संभावित दुर्घटना न्युनिकरणमा सहयोग गर्न घिमिरेले अपिल गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?