पानी अझै पर्नै सकेन
पानी पर्नलाइ बादल चाहिन्छ
तर,
आकाशमा बादलै छैन ।
हिजो पनि पानी पर्ने आशामा
हामी काकाकुल बन्याैं
किसानी बन्याैं ,
छटपटिएको प्यासी बन्याैं,
तर खै ?
पानी पर्नै सकेन ।
पानी पार्नकै लागि महायज्ञ गरियो,
महायज्ञमा थुप्रै मान्छेहरुलाइ हवन पनि गरिएकै हो,
तर खै ?
पानी पर्नै सकेन ।
खेतबारीमा माटो सुक्यो,
अवोध बच्चाको तालु सुक्यो
निर्दयी मेघ गर्जिन त गर्जिएकै हो
डड्याङ् डुडुङ् डड्याङ् डुडुङ्
तर खै ?
पानी पर्नै सकेन ।
अब त मूल पनि सुक्नै लाग्यो,
पानीसगको नातामा पनि शंका लाग्यो
फेरि, आकाशमा भने-
बादलको सानो टुक्रा रहेकै छ
तर,खै ?
पानी पर्नै सकेन
पानी पर्नै सकेन।।
लेखक: श्री कृष्ण मा.वि.,पाणिनी ५,अर्घाखाँचीका शिक्षक हुन् ।













