प्यूठान । प्यूठानको सबै स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएका छन्।
झिमरुक गाउँपालिकाका कर्मचारी दीपक जीसीमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् । विहिवार जिल्लाका सबै प्रमुख प्रशासकीय अधिकृतहरुको संयूक्त बैठकले आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय भएको हो ।
सोही निर्णय अनुसार शुक्रवार ऐरावती गाउँपालिकामा कार्यरत सवै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । झिमरुक गाउँपालिकाका कर्मचारीहरुले बुधवारदेखि अत्यावश्यक बाहेकका सबै काम बन्द गरेका छन् भने जिल्लाका कर्मचारी संगठन, अन्य पालिकाका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
जेठ २४ गते दिँउसो कार्यकक्षमा नै पुगेर योजना तथा तथ्यांक शाखाका कर्मचारी दीपक जीसीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीसहित तीन जनाले कुटपिट गरेको कर्मचारीको आरोप छ।













