बुटवल । लुम्बिनी प्रदेशले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
शुक्रबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलार्ई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि देखी पकेट क्षेत्रअनुसार सरकारी श्रोत केन्द्र संचालनमा ल्याइने नीति प्रदेश सरकारको छ ।
शिक्षामा लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि सूचना प्रविधि तथा सिभिल इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने देखी अभिभावक बिहिन एवं कठिन परिस्थितका भएका बालबालिकाहरुका लागि प्रदेश स्तरीय बाल संरक्षण गृह स्थापना र बाल कोषको परिचलान गर्ने नीति तथा कर्याक्रममा उल्लेख छ ।
स्वास्थ्यमा हाल संचालित अस्पताल तथा आयुर्वेद चिकित्सालयहरूकाे स्तरउन्नती गर्ने देखी दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवा सहित स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति लिएकाे छ ।
पर्यटन तर्फ प्रदेशका महत्वपूर्ण धार्मिक, सांस्कृतिक सम्पदा एवं पुरातात्विक र पर्यटकीय स्थलको पूर्वाधारको विकास, संरक्षण, प्रवर्धन गर्ने नीति छ ।
प्रदेश गौरवको आयोजना अन्तरगत २० वटा प्रदेशस्तरका राजमार्ग निर्माण तथा स्तरोन्नति गर्ने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमा चार्जिङ्ग स्टेशन निर्माण गर्ने, “एक घर: एक धारा” कार्यक्रममा सहयोग गरी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने कार्यलाई निरन्तरता दिने, बसाइसराईलाई न्यूनीकरण गर्न गर्न “एक जिल्ला एक नमूना बस्ती” निर्माण गर्ने लगायतका नीति प्रदेश सरकारले ल्याएको छ ।
प्रदेश सरकारले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
लुम्बीनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम













