लुम्बिनी प्रदेशकाे शिक्षा नीति : “सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने”

बुटवल । लुम्बिनी प्रदेशले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलार्ई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शैक्षिकक्षेत्रकाे बिकासका लागि प्रदेश सरकारले बिभिन्न नीति प्रस्तुत गरेकाे छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा रुपान्तरण गरी शैक्षिक क्षमता सबलीकरण गर्न प्रदेशभर “सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने” अभियान संचालन गरिने भएकाे छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि सूचना प्रविधि तथा सिभिल इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने र एग्री इन्जिनियरिङ लगायतका विषयको अध्यापन तयारी सुरु गर्ने प्रदेश सरकारकाे नीति रहेकाे छ ।

“उत्कृष्ट शिक्षालयलाई सम्मान : कमजोरलाई प्रोत्साहन” अभियान सहित अत्यधिक विद्यार्थी संख्या भएका विद्यालयमा मापदण्डका आधारमा प्रदेश प्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरिने तथा विद्यालय बाहिर रहेका बालबालिकाको गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको सुनिश्चितताको लागि विद्यालयको पूर्वाधार विकास र सूचना प्रविधिमूलक शिक्षण विधिबाट शिक्षकको पेशागत दक्षता अभिवृद्धि गरिने प्रदेश प्रमुख अमिक शेरचनले बताए ।

“बालश्रम शोषण अन्त्य गर्न र बालबालिकाको संरक्षण र विकासका लागि बाल सुधार गृह संचालनमा सहजीकरण गरिनेछ।” शेरचनले भने “गुरुकुल, मदरसा लगायतका धार्मिक विद्यालय तथा अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा दिंदै आएको सहयोगलाई निरन्तरता दिइनेछ।”

सरकारले पुराना कार्यक्रमहरूलाइ पनि निरन्तरता दिएकाे छ । छात्रबृत्ति, पूर्वाधार निर्माण पुस्तकालय, विज्ञान प्रयोगशालामा उपकरण सहयोग कार्यक्रमलाई निरन्तरता दिएकाे छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?