अर्घाखाँची । अर्घाखाँचीमा ट्र्याकटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ७ किर्लुकमा मंगलबार रा १ त ४२९५ काे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थल मै मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
रेग्मिका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर ब्रेक फेल भइ सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावति गाउँपालिका १ कोल्बोट, प्युठानका २७ बर्षिय कमल सोमै मगरको मृत्यु भएको हो । भने सितगंगा नगरपालीका ७ दमारबेसी, अर्घाखाँचीका २३ बर्षिय कृष्ण आचार्य र प्युठान ऐरावति गाउपालिका १ बस्ने २२ बर्षिय माधव खत्री घाइते भएका प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।
घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।