back to top
३ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३ असार २०८१, सोमवार
IPL 2024
spot_img

यमनमा पानीको हाहाकार, जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमले थप समस्या

Workplace

एजेन्सी । द्वन्द्वग्रस्त देश यमनमा पानीको हाहाकार भएको छ । यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको थियो ।

Workplace

युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको छ । युद्धका कारण महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भैरहेको छ ।

पानी अभावका कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई पानीको जोहो गर्नुपर्ने बाध्यता छ । यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेका अनुसार विशेष गरी बालबालिका जोखिममा छन् ।

पानीको अभावले गर्दा थुप्रै आमाबुबालाई पानी पाउन आफ्ना छोराछोरीको मद्दत चाहिन्छ । विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौँ कुरेर पानी जम्मा गर्न बाध्य रहेका समाचार संस्था एएफपीले जनाएको छ ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

Array
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?