अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य नरेन्द्र विश्वकर्माले देशमा रहेको बर्तमान व्यबस्थाले देशलाई निकास दिन नसक्ने बताएका छन् ।
जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले आईतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार मेटघाट कार्यक्रममा मन्तब्य राख्दै नेता विकले यस्तो बताएका हुन् । नेता विकले देशमा रहेको बर्तमान व्यबस्थाले नेपाली जनतालाई निकास दिनुको साटो जनतालाई चगुलमा फसाई नेताले रजाई गर्ने व्यबस्था भएकोले त्यसलाई अन्त्य गरेर बैज्ञानिक र जनताको व्यबस्था समाजबादी व्यबस्था ल्याउनुपर्ने बताउदै समाजबादी व्यबस्थाको बारेमा राजनितिक बृतमा अहिले चर्चा चलेको बताउदै नेपालमा कैयौ पटक भएका आन्दोलनले आशिक परिबर्तन भएतापनि नेतृत्वमा आएको विचलनले परिबर्तनको रुपरेखा जनतामा देखा पर्न नसकेको बताए ।
कार्यक्रममा नेता विकले देशमा रहेका अरु राजनितिक दल भन्दा आफ्नो पार्टी राष्टियताको सवालमा जनताको जनजिविका पक्षमा भ्रष्टाचारको पक्षमा विगत सघर्ष गदै आएको बताउदै देशलाई स्वाधीन बनाउनको लागि नेपालमा रहेका कम्युनिस्ट लाई एकजुट बनाएर समाजबादी मोर्चाको अबधारणा ल्याइएको बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरीले अर्घाखाँचीका स्थानीय सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
कार्यक्रम सगठनका ईन्चार्ज अनिल नेपालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।














