राष्ट्रपति पौडेलको मुटुमा राखियो “पेसमेकर”

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।

मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।

मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उनलाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए । अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो।

राष्ट्रपति पाैडेललाई अस्पतालको सिसियुमा राखेर  मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?