काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।
मुटुको चालमा गडबडी भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ।
मुटुमा समस्या देखिएपछि शनिबार अस्पताल पुगेका उनलाई चिकित्सकले मुटुको चाल निगरानीका लागि भन्दै भर्ना गरेर राखेका थिए । अस्पताल स्रोतका अनुसार मंगलबार मुटुको चाल कम भएपछि पेसमेकर जोडिएको हो।
राष्ट्रपति पाैडेललाई अस्पतालको सिसियुमा राखेर मुटुको चालको निगरानी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
पेसमेकर एक प्रकारको यन्त्र हो । यसले मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसंचार नपुगेको बेलामा मुटुको धड्कन सामान्य बनाउन मद्दत गर्छ ।