बुटवल । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियानलाई तिब्रता दिएसंगै महासंघभित्र गैरपत्रकार कति छन् भन्ने बिषय अहिले चर्चामा छ ।
नेपाल पत्रकार महासंघले १५ बुदे ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ सार्वजनिक गरेको छ । जसको बुदा नम्बर ७, ८, ९ र १० कस्ता सदस्यहरु शुद्धिकरणमा पर्छन भन्ने स्पष्ट उल्लेख गरीएको छ ।
लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाहरुले शुद्धिकरणलाई तिब्रता दिएका छन् तर प्रभावकारी भने भएको देखिदैन । अर्घाखाँची जिल्लाका १३३ सदस्य मध्ये अधिकांस सदस्यहरु गैरपत्रकार रहेका छन् । ती मध्ये केही राजनीतिक दलमा क्रियाशिल रहेका, केही निर्वाचनमा उम्मेदवार बनेका, केहीले पत्रकारिता पेशा नै पूर्णरूपमा छाडेका, केही सरकारी तथा गैरसरकारी निकायमा कर्मचारीको रूपमा कार्यरत रहेका, केही उद्योग व्यवसाय सञ्चालन गरेर बसेका छन् त केही विदेश समेत छन् ।
पछिल्लो समय सकृय पत्रकारीतामा नरहेका सहयोगी बिसी पूर्णरुपमा राजनीतीमा सकृय रहने भन्दै सदस्यता त्याग गरे । उनि महासंघको सदस्यता त्याग गर्ने अर्घाखाँचीको पहिलो ब्याक्ती पनि हुन् । यसै गरी २०७९ मंसिर ४ गते भएको संघीय र प्रदेशसभाको निर्वाचन अन्तर्गत हरी प्रसाद भुसाल राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेद्वार बने । दलिय सदस्यता र पत्रकार महासंघको कार्डसंगै खल्तीमा नबोक्ने कसम खाएका भुसालले दलिय सदस्यता लिएकै दिन महासंघ त्याग गरे । तर २०७९ बैशाखको स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदको उम्मेद्दवार बनेका पत्रकार महासंघका सदस्य बसन्त श्रेष्ठले भने अझै सदस्यता त्याग गरेका छैनन् । उनि प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाका अध्यक्ष समेत हुन् । उनि उम्मेद्वार बन्दा न त स्वतः सदस्यता त्याग गरे न त महांघले नियम बमोजिम त्याग्न लगायो । यसो त पत्रकार महासंघ अर्घाखाँचीमा बिभिन्न राजैतीक दलका नेतृत्व तहका ब्यक्तीहरु पनि सदस्यता कायमै छ ।
पछिल्लो समय मिति २०८० जेठ १० गते पत्रककार महासंघ अर्घाखाँचीले एक बिज्ञप्ती सार्वजनीक गर्दै पत्रकारीतामा सकृय नभएकाले स्वस्फुर्त सदस्यता त्याग गर्न अनुरोध गरेको छ । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान रमाया भुसालले बाहेक कसैले पनि सदस्यता त्याग गरेका छैनन् । यसो त पत्रकारहरुका बिभिन्न संगठनका नेतृत्वले नै शुद्धिकरण नचाहेको देखिन्छ । बिष्णु मुस्कानले सदस्यता त्यागे पश्चात त्यसो नगर्न नेतृत्वले नै अनुरोध गरेको मुस्कान निकट स्रोतको दावि छ ।
शुद्धिकरण मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गराउने सवालमा महासंघको अर्घाखाँची नेतृत्व भने कटिवद्ध देखिएको छैन । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार जेठ १० गते भित्र महासंघको नयाँ सदस्याता खुल्ला गर्नुपर्नेमा महासंघ अर्घाखाँचीले सदस्यतासम्म खोखोलेन । ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ को बुदा नं. ४ मा भनिएको छ “नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने । नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरणसहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने । प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने ।” यो नियम अर्घाखाँची शाखामा लागु नै भएन भने शुद्धिकरण मापदण्ड कत्तीको लागु होला अनुमान गर्न सकिन्छ ।
राजनीतिक दलका नेता महासंघ सदस्य
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान सदस्य थिए, महासंघको आह्वान पश्चात उनले सदस्यता त्याग गरे । त्यस्तै ठाकुर कुमार बिक हाल माओबादि केन्द्रको केन्द्रिय सदस्य हुन् उनको सदस्यता कायम नै छ । छमकुमारी खनाल माओबादी नेता, राम बहादुर चौहान नेकपा एस जिल्ला अध्यक्ष, बिश्नु ढुङ्गाना माओबादी केन्द्र जिल्ला सदस्य हुन् । सूर्य प्रसाद भुसाल नेपालि कांग्रेस अर्घाखाँचीका जिल्ला सदस्य तथा प्रचार बिभाग प्रमुख हुन् । प्रेम नारायण गैरे एमालेका प्रदेश सदस्य हुन् । उनीहरु हाल पत्रकार महासंघका सदस्य पनि हुन् ।
महासंघ अर्घाखाँचीमा अधिकांस सदस्य कर्मचारी, शिक्षक, ब्यापारी रहेका छन् । पत्रकार महासंघ अर्घाखाँचीका पूर्व सभापति समेत रहेका शोभखर पन्थि शिक्षक हुन् । युवराज पाण्डे, चुरामणि बञ्जाडे, सबिता आचार्य, माधव वेल्वासे, करिस्मा खनाल लगायत पनि शिक्षक हुन् । महासंघ सदस्य डिल कुमार केसी र सरिता भुसाल सन्धिखर्क नगरपालिकामा कार्यरत कर्मचारी हुन् । अशोक चौहान जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी हुन् । खिमा पोखरेल अनुसन्धान कर्मचारी हुन् ।
यी प्रतिनिधि पात्र मात्र हुन् ।महासंघ अर्घाखाँचीमा धेरैजसो गैरपत्रकारको बर्चस्व रहेको छ । यसो त महासंघ कै नेतृत्व गर्नेहरु नै पनि सबै सकृय पत्रकारितामा छैनन् । बिगतका दिनमा पत्रकारिता र पत्रकार महासंघ अर्घाखाँचीलाई यहाँ सम्म ल्याई पूराउन सबैको भुमिका छ तर पत्रकारितामा नष्कृय भए पश्चात पनि सदस्य कायम रहनु मापदण्ड बिपरित छ ।
यता शुद्धीकरणका सन्दर्भमा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले सबैको चित्त बुझ्ने र सर्वत्र प्रशंसा हुनेगरी शुद्धीकरण गरिने बताए । कार्यसमितिमा सहमति नजुटेपछि शुद्धिकरण अभियानको लागि महासंघ अर्घाखाँचीका संस्थापक सभापति समेत रहेका बिश्नु भुसालको संयोजकत्वमा कार्यदल बनाइएकाे थियाे । गठित कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल जारी रहेको पनि खनालकाे भनाइ छ । अध्यक्ष खनालले पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका तर महासंघको सदस्यता नभएकाहरुलाइ सदस्यता प्रदान गरिने पनि बताएका छन् । नयाँ सदस्यता आव्हानको प्रक्रियामा रहेको उनको भनाइ छ । तर अझैपनि महासंघ अर्घाखाँचीका केही ब्याक्तीहरूले आफ्ना आसेपासे, गैरपत्रकारहरूलाइ सदस्यता कायम राख्न तथा सदस्यता दिन खाेजेपछि बिवाद उत्कर्षमा पुगेकाे स्राेतकाे दावि छ । कार्यदलका एक सदस्यले सहमति नै हुन नसकेकाे दावि गरेका छन् ।
अर्घाखाँचीको बिगत हेर्दा भु-सन्देश साप्ताहिकको सम्पादक बनेका बिश्नु मुस्कान, निम बहादुर रिजाल, बुलन्द पत्रीकाका राम बहादुर चौहान, सहयोगी बि.सि. लगायतले पत्रकारितामा योगदान गरेको देखिन्छ त्यतिबेला कम संख्यामा पत्रकार भएता पनि महासंघ अर्घाखाँची शाखा स्थापना भयो । त्यसपछि महासंघको सदस्यता थप गर्दा राजनितिक भागबन्डा सुरु भयो र यसले चरम बिकृत रुप लियो ।
बढी भन्दा बढी सदस्य आफ्नो भागमा पार्ने र महासंघमा प्रभाव राख्ने लक्ष्यमा जिल्लाका राजनितिक दल लागिपरे त्यसैको निरन्तरता अहिलेसम्म पनि कायम रहेको छ ।












