वाग्नर समूहलाई आत्मसमर्पण गर्न रूसको आग्रह, सैन्य प्रमुखविरुद्ध फौजदारी मुद्दा दायर

एजेन्सी । रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो ।

जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी रक्षा मन्त्रालयले सबै लडाकुको सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता पनि जनाएको छ । रूसी सङ्घीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सेनालाई विद्रोहका लागि उक्साएको आरोपमा फौजदारी मुद्दा दायर गरिएको पनि जनाएको छ ।

वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश सहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । रूसी समाचार संस्था तासका अनुसार पछिल्लो घटनापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरका गतिविधिले सैन्य संरचनामा नै सङ्कट उत्पन्न गरेको छ । वाग्नर भाडाका सैनिकहरूको समूह हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?