बुटवल । अर्घाखाँचीमा मध्यअसारसम्म १० प्रतिशत मात्र रोपाईं भएकाे छ ।
यसवर्ष वर्षा ढिलो भएका कारण अर्घाखाँचीमा १० प्रतिशत मात्र रोपाईं भएकाे हाे । कृषि तथा भूमि मन्त्रालयको तथ्याङ्कअनुसार अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ ।
जसमध्ये ८ सय ५ हेक्टर क्षेत्रफलमा मात्र रोपाईं सम्पन्न भएकाे छ । प्रतिशतकाे हिसावमा याे १० प्रतिशत मात्र हाे ।
यता लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत रोपाईं भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । प्रदेशभरमा अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन प्रतिशतको हिसाबले ११.०९ हो ।













