नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितीद्वारा नियमित रक्तदानलाई निरन्तरता

बुटवल । नेपाल नियमित रक्तदाता संघ, केद्रिय समिती को आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ४२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम सुनारले जनाएका छन् ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगर प्रमुख श्री फणीन्द्र प्रसाद शर्माले नेपाल नियमित रक्तदाता संघले जुन विरामी रगत अभावमा अस्पताल मा छट्पटाई रहेका हुन्छन्, उनीहरूको सेवाका लागि आफ्नो गतिविधि सामाजिक उत्तरदायीत्व पुरा गर्नेतर्फ पनि प्रतिवद्ध भएको यस संस्था को कार्यक्रमले स्पष्ट पारेको बताए । उनले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा दुर दराजमा रहेका दाताहरूलाई पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए।

संघकाका सल्लाहाकार तथा कार्यक्रमका विशिष्ठ अतिथी सुरेन्द्र कुमार शाक्यले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै सम्पुर्ण एक भएर लाग्न आग्रह गरेका थिए । साक्यले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिनको लागी जुनसुकै अवस्थामा साथ दिने वताए । साथै अतिथी माघव अर्यालले नियमित रक्तदाता संघलाई साथ दिन सदा तत्पर रहेको वताए ।

संघका केन्द्रीय अध्यक्ष दया वहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले गरेका थिए भने रक्तदान कार्यक्रममा लागेको सम्पुर्ण खर्च छत्रदेवी सुनचाँदी पसलका संचालक वुद्ध वाहादुर सुनारले प्रायोजक गरेका थिए । उच्च वर्षातको वावजुत पनि संस्थाका उपाध्यक्ष, सचिव, उप कोषाध्यक्ष, सदस्यहरूका साथै रुपन्देही जिल्ला अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितीका पदाधिकारी लगायत रक्तदाताहरुको उच्च सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन संघका महासचिव दिपक अधिकारीले गरेका थिए भने संघका अध्यक्षद्वारा सम्पुर्ण उपस्थितिलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?