बुटवल । अर्घाखाँची सहितका ८ जिल्लामा राति अत्यधिक वर्षा भएकाले बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।
अर्घाखाँची सहित स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा अति भारी वर्षा भएको महाशाखाले जनाएको हो।
महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ। मंगलबार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तै देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ ।