‘गल्ती प्रधानमन्त्रीकै हो’ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीप्रति संसदमा प्रतिपक्षको आक्रोश स्वाभाविक नै भएको प्रतिक्रिया दिएका छन्। ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ’, उनले भनेका छन्, ‘सत्तारूढले नै प्रश्न गरेका छौं, प्रतिपक्षको त मूल कर्तव्य नै हो।’

शर्माले नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्ने हो भन्दै मित्रराष्ट्रलाई मित्रताकै सिमामा राख्ने कर्तव्य प्रधानमन्त्रीकै भएको समेत बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। यससँगै प्रतिपक्ष एमालेले बुधबार संसद्का दुवै सदनमा विरोध जनाउँदै बैठकमा अवरोध गरेको थियो।

सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?