back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

‘गल्ती प्रधानमन्त्रीकै हो’ : विश्वप्रकाश शर्मा

spot_img

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको प्रतिक्रिया दिएका छन्।

Workplace

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीप्रति संसदमा प्रतिपक्षको आक्रोश स्वाभाविक नै भएको प्रतिक्रिया दिएका छन्। ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ’, उनले भनेका छन्, ‘सत्तारूढले नै प्रश्न गरेका छौं, प्रतिपक्षको त मूल कर्तव्य नै हो।’

शर्माले नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्ने हो भन्दै मित्रराष्ट्रलाई मित्रताकै सिमामा राख्ने कर्तव्य प्रधानमन्त्रीकै भएको समेत बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। यससँगै प्रतिपक्ष एमालेले बुधबार संसद्का दुवै सदनमा विरोध जनाउँदै बैठकमा अवरोध गरेको थियो।

सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?