एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ।

बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘नतिजा सार्वजनिक भइसक्यो, विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन्।’

एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए।

बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ।

त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ।

बाेर्डले नतिजाका हेर्नका लागि बोर्डअन्तर्गतको कक्षा-१० को परीक्षा नियन्त्रण कार्यालयको बेवसाइट www.see.gov.np  मा पनि हेर्न सकिने जनाएको छ।

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने, यसरी हेर्नुहाेस् नतिजा

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?