काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भए लगतै नतिजा हेर्ने सरकारी साइट डाउन भएका छन् ।
विशेषगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दश, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी र नेपाल टेलिकमको साइट डाउन भएका छन् ।
तर, नतिजा उपलब्ध गराउने डट जीओभी डट एनपी साइटहरू भने सुरुवातमै डाउन भएका छन् । एसईई रिजल्ट देखाउने नेपाल टेलिकमको वेबसाइट खोल्दा सेक्युरिटी वार्निङ सहित ‘योर कनेक्सन इन नट प्राइभेट’ भन्ने सन्देश देखिन्छ ।

रिजल्ट देखाउने अन्य केही वेबसाइटहरू पनि खुलेका छैनन् भने केही साइटले पेज लाइभ गरेपनि नतिजा छिट्टै उपलब्ध हुँदैछ भन्ने सूचना दिएका छन् ।
२२ हजार ४७५ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए
|













