डोटीमा घर भत्किँदा एक महिलाकाे मृत्यु

डाेटी । डोटीमा घरभित्र च्यापिएर एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षीया गंगा मलासी रहेकी छन् ।

आज बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनाको विस्तृत अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?