बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अर्थिक आर्थिक वर्ष २०७९/८० को वित्तिय प्रगती ८१.६१ % रहेको छ ।

गाउँपालिकाका अनुसार पाणिनी गाउँपालिकाको कुल खर्च एकसठ्ठी करोड तेतिस लाख पचपन्न हजार चार सय सन्ताउन्न रुपैया छत्तिस पैसा रहेको छ । यो प्रतिशतको हिसावले ८१.६१ प्रतिशत रहेको छ ।
जसमध्ये चालुतर्फ एकचालिस करोड एक लाख तिस हजार अठ्सठ्ठी रुपैया छत्तिस पैसा अर्थात ८०.१५ प्रतिशत र पुजिगत तर्फ बिस करोड बत्तिस लाख पच्चिस हजार तिन सय उनानब्बे रुपैया अर्थात ८४.७३ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।