बुटवल : सेवाप्रवाहमा सुधार ल्याउन मेयर पाण्डेकाे निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले बुटवलभित्रका सबै कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए।

उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न च्याटबट सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताए । “बुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं” उनले भने, “अरु कार्यालयहरुका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, बुटवलभित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिने क्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।”

उनले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलबासी र बुटवलका संघसंस्थाहरुको पनि उत्तिकै भूमिका हुने बताए। साथै उनले नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि आ–आफ्नो स्थानबाट सबैले भूमिका खेल्न जरुरी रहेको समेत बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?