मन्त्रिपरिषद् फेरि हेरफेर हुँदै

काठमाडौँ । एघारौँपटकमा पूर्णता पाएको मन्त्रिपरिषद् फेरि हेरफेर हुने भएको छ । गत पुस ११ गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ६ महिनामा गत जेठ ९ गते २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

राष्ट्रपति निर्वाचनमा गठबन्धन बदलेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन थप कठिन भएको थियो। शुरुदेखि नै रोजेको मन्त्रालय नपाएको जनमत पार्टी तीन महिनापछि सरकारबाट बाहिरिएको थियो।

पुस ११ गते विनाभागीय मन्त्री बनेका अब्दुल खानलाई प्रधानमन्त्रीले माघ ३ गते खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसको दुई महिनापछि चैत ७ गते उनले राजीनामा दिएका थिए।

भौतिक पूर्वाधार, उद्योग वा कृषि मन्त्रालय दाबी गरेर नपाएको सोही पार्टीले अहिले फेरि सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ। जनमत पार्टीका तर्फबाट अनितादेवी शाहको नाम बुझाइए पनि मन्त्रालयको भने टुंगो लागेको छैन।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले अहिले प्रधानमन्त्री शोकमा परेकाले ढिलाइ भएको बताए। जनमतलाई सरकारमा सामेल गराउन उनले तीन विकल्प रहेको उल्लेख गरे।

‘पहिलो कुनै मन्त्रीलाई राजीनामा दिन लगाउने, दोस्रो मन्त्रालय थप्ने र तेस्रो राज्यमन्त्रीलाई घटाएर फूल मन्त्री बनाउन सकिन्छ’, उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?