पैसाको लोभमा १५ ओटा बिहे गरेका महेश फसे

आफूमाथि अन्याय भएको थाहा भएर पनि सहेर बसियो भने के हुन्छ भन्ने उदाहरण भारतको कर्नाटकमा घटेको घटनाले देखाएको छ। भारतको कर्नााटक राज्यस्थित टुमाकुरू सहरमा क्लिनिक चलाएर बसेको अभिनय गरिरहेका महेश के वी नायकले विभिन्न पेशाकर्मीको अभिनय गरेर सन् २०१४ यता १५ जना महिलासँग बिहे गरे। तीमध्ये चार जनाले त सन्तान नै जन्माए।

तीमध्ये केहीले महेश बदमास छ भन्ने थाहा भए पनि प्रहरीमा उजुरी गरेनन् किनभने जोसँग महेशले बिहे गरेका थिए, ती प्रायः एकल महिला थिए। बल्लतल्ल श्रीमान् पाएका उनीहरूले बहुविवाहको मुद्दा हाल्न रूचाएनन्। उल्टै बरू ती महिलाका धनसम्पत्ति महेशले लुटिरहे।

विवाहसम्बन्धी वेबसाइटमा जाने, सम्भावित महिला छान्ने, उनीहरूको कमजोरी बुझ्ने र पैसावालीसँग बिहे गर्ने बानी बसालेका महेशले आफूलाई कहिले चिकित्सक दाबी गर्थे त कहिले इन्जिनियर। सरकारी कामले विभिन्न ठाउँमा गइरहनुपर्ने बहाना बनाएर धेरै वर्ष धेरैलाई गुमराहमा राखे।

द न्यु इन्डियन एक्सप्रेसका अनुसार, गत वर्ष मात्र एकजना ४५ वर्षीया सफ्टवेयर इन्जिनियर हेमलतासँग उनको विवाह भयो। महिना दिनअघि नयाँ दुलहीका पैसा र गहना हराए। १५ लाख नगद र ८ लाख बराबरका गहना हराउँदा उनका नयाँ श्रीमान् बाहेक शङ्का गर्ने ठाउँ थिएन। त्यसैले गायब भएका श्रीमान्विरूद्ध उनले उजुरी गरिन्। सो उजुरीपछि जब प्रहरीले महेशलाई पक्राउ गरे, त्यसपछि उनका थप १४ जना श्रीमतीका बारेमा खुलासा भएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?