एक वर्ष नपुग्दै सरुवा भएपछि कार्यालय प्रमुख सुनारको प्रश्न : ‘कस्तो कर्मचारी चाहिएको हो ?’

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले आफ्नो एक वर्ष नपुग्दै भएपछि आक्रोश व्यक्त गरेका छन् ।
आफूले यातायात कार्यालय घुस चल्दैन है भन्ने स्थापित गर्दै कार्यालय सुधार गरे पनि १ वर्षमै सरुवा गरेको भन्दै सार्वजनिक रुपमा फेसबुकमार्फत आक्रोश पोखेका छन् । उनले भनेका छन्,“यातायात कार्यालयमा घुस चल्दैन है भन्ने स्थापित गरेँ तर यस्ता काम गरे बापत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दाङले १ वर्ष समय नपुग्दै मेरो ईच्छा विपरीत मलाई सरूवा गरेको छ ।”

श्रीमती सुत्केरी हुँदा सुत्केरी स्याहार बिदा पनि नलिई जनतालाई सेवा दिएको भन्दै त्यसको पुरस्कार स्वरुप जबरजस्ती सरुवा गरिएको प्रमुख सुनारको टिप्पणी छ । उनले प्रश्न गरेका छन्,“कस्तो कर्मचारी चाहिएको हो, मुख्यमन्त्रीको कार्यालयलाई ?”कार्यालयमा हाजिर भएदेखिनै सेवाग्राहीले भोगेका समस्यालाई कसरी कम गर्न सकिन्छ भनेर आफूले काम गरेको भन्दै सुनारले भनेका छन्,“१ महिना पनि नपुगेको बच्चा बोकेर सरूवा हुनु पर्ने गल्ति के गरे मैले र ? कसैले समय पुगेर सरूवा माग्दा पनि नदिने तर मलाई चाही १ वर्ष नपुग्दै सरूवा गर्ने ?” श्रीमती सुत्केरी हुँदा सुत्केरी स्याहार बिदा समेत नदिई आफूले जनतालाई सेवा दिएको सुनारको भनाई छ ।

उनले प्रश्न गरेका छन्,“ कसैले समय पुगेर सरूवा माग्दा पनि नदिने तर मलाई चाही १ वर्ष नपुग्दै सरूवा गर्ने ? यहि हो इमानदार कर्मचारीलाई गर्ने व्यवहार ?”

१ वर्ष नपुग्दै सरुवामा परेपछि सुनारले लेखेको स्टाटस:

यातायात व्यवस्था सेवा कार्यालय पाल्पामा २÷३ महिना कार्यालय प्रमुख बिहिन हुँदा कार्यालय प्रमुखको रूपमा सरूवा भई मिति २०७९/५/१५ गत हाजिर हुन आएँ ।

जुन बेला कोही आउन चाहेको थिएन । कार्यालयमा हाजिर भए देखिनै सेवाग्राहीले भोगेका समस्यालाई कसरी कम गर्न सकिन्छ भनेर रात दिन काम गरेँ । कार्यालयमै बँैकको काउन्टर स्थापना गरी कार्यालयमै राजस्व बुझ्ने व्यवस्था मिलाएँ र जनतालाई तातो घाममा हिँडेर टाढा बैङ्कमा राजस्व बुझाएर कार्यालयमा आई सेवा लिने बाध्यता अन्त्य गरेँ ।ट्रायल सेन्टरको निर्माण सम्पन्न गरेँ । सुविधा सम्पन्न घरमा अफिस सारेर सेवाग्राही मैत्री भवन बनाएँ । विभागमा पटक पटक गएर लाइसेन्सको सेवा बिस्तार गरेँ । लाइसेन्स नविकरण गरी जनतालाई सुविधा दिएँ ।नयाँ लाइसेन्सको सुरू गरी फटाफट लिखित तथा प्रयोगात्मक परिक्षा सन्चालन गरेँ । थोरै समयमा कार्यालयको मुहार फेरेँ ।

यातायात कार्यालयमा घुस चल्दैन है भन्ने स्थापित गरेँ तर यस्ता काम गरे बापत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङले १ वर्ष समय नपुग्दै मेरो इच्छा विपरीत आज मलाई सरूवा गरेको छ ।श्रीमती सुत्केरी हुँदा सुत्केरी स्याहार बिदा पनि नलिई जनतालाई सेवा दिएँ । आज त्यसको पुरस्कार स्वरूप जबरजस्ती सरूवा गरिएको छ मलाई । कस्तो कर्मचारी चाहिएको हो मुख्यमन्त्रीको कार्यालयलाई ?

१ महिना पनि नपुगेको बच्चा बोकेर सरूवा हुनु पर्ने गल्ति के गरे मैले र ? कसैले समय पुगेर सरूवा माग्दा पनि नदिने तर मलाई चाही १ वर्ष नपुग्दै सरूवा गर्ने? यहि हो इमानदार कर्मचारीलाई गर्ने व्यवहार ।

कि दलित कार्यालय प्रमुख भएको देख्नै सक्दैन र प्रदेश सरकार ? यसै गरी हुन्छ ? नेपालका सरकारी अड्डामा सुधार । एक दिन तपाईँहरूलाई समयले धिक्कार्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?