श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने

एजेन्सी । श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने भएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०२८ सम्मका लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषणविरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

श्रीलङ्का सरकारको सूचना विभागका अनुसार यो प्रस्ताव अर्थमन्त्री समेत रहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेले पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का निर्णयहरू सूचीबद्ध गर्ने विभागले वित्तीय खुफिया एकाइ, सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषण र अन्य गैरकानूनी गतिविधिहरू रोक्न यी प्रावधानहरू लागू हुने जनाएको छ।

वित्तीय खुफिया एकाइ सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी रोक्न अन्तर्राष्ट्रिय मापदण्ड तय गर्ने अन्तरसरकारी निकाय हो ।

तेस्रो पारस्परिक मूल्याङ्कन मार्च २०२५ मा शुरु हुने तय गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?