अर्घाखाँची : आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

अर्घाखाँची । बाँदरले हैरान बनाएपछी धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको हो । नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

शुक्रवार बिहान ११ बजेको समयमा पदम घरमा राखेको अवैध बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए । उनी बारीमा चिप्लन पुग्दा एकनाले बन्दुक आफै पड्किएको थियो । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोंषणा गरेका थिए ।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?