back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

अर्घाखाँची : पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहार ४९ घटना

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहारका ४९ घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पछिल्लो ४ बर्षमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी उधोग जस्ता घटना गरी ४९ वटा यौन दुरब्यबहारका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायए उपरीक्षक मुकुन्द रिजालका अनुसार अर्घाखाँचीमा आर्थिक बर्ष २०७६/०७७ मा ५ महिला र १० बालीका गरी १५ वटा करणीका मुद्धा दर्ता भएका थिए भने बाल यौन दुर्व्यवहारका २ र जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका थिए ।

यस्तै आर्थिक बर्ष २०७७/०७८ मा ३ जना महिला र ६ जना बालिका सहित १० वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । रिजालका अनुसार सोही बर्ष ३ वटा बाल यौन दुर्व्यवहारका मुद्धा दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७८/०७९ मा ४ जना बालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । बाल यौन दुर्व्यवहारका ३ र जबरजस्ती करणी उधोगका १ घटना दर्ता भएको रिजालको भनाई छ ।

आर्थिक बर्ष २०७९/०८० मा ६ जना बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका छन भने अप्राकृतिक मैथुनका १ घटना दर्ता भएका छन ।

यो तथ्याङ्कलाई हेर्दा जिल्लामा बलात्कारका घटना कम हुदै आएको देखिन्छ । घटना पश्चात मुद्धा दर्ता नगराउने, घटनालाई ढाकछोप गर्ने प्रबृतीले पनि बलात्कारका घटना तथ्याङकमा कम हुदै आएको हुन सक्ने सरोकारवाला बताउछन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?