अर्घाखाँची : पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहार ४९ घटना

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहारका ४९ घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पछिल्लो ४ बर्षमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी उधोग जस्ता घटना गरी ४९ वटा यौन दुरब्यबहारका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायए उपरीक्षक मुकुन्द रिजालका अनुसार अर्घाखाँचीमा आर्थिक बर्ष २०७६/०७७ मा ५ महिला र १० बालीका गरी १५ वटा करणीका मुद्धा दर्ता भएका थिए भने बाल यौन दुर्व्यवहारका २ र जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका थिए ।

यस्तै आर्थिक बर्ष २०७७/०७८ मा ३ जना महिला र ६ जना बालिका सहित १० वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । रिजालका अनुसार सोही बर्ष ३ वटा बाल यौन दुर्व्यवहारका मुद्धा दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७८/०७९ मा ४ जना बालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । बाल यौन दुर्व्यवहारका ३ र जबरजस्ती करणी उधोगका १ घटना दर्ता भएको रिजालको भनाई छ ।

आर्थिक बर्ष २०७९/०८० मा ६ जना बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका छन भने अप्राकृतिक मैथुनका १ घटना दर्ता भएका छन ।

यो तथ्याङ्कलाई हेर्दा जिल्लामा बलात्कारका घटना कम हुदै आएको देखिन्छ । घटना पश्चात मुद्धा दर्ता नगराउने, घटनालाई ढाकछोप गर्ने प्रबृतीले पनि बलात्कारका घटना तथ्याङकमा कम हुदै आएको हुन सक्ने सरोकारवाला बताउछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?