सम्पत्तिको लोभ : जग्गा आफ्नो नाममा बनाउन जिउंदो भाइको मृत्यु दर्ता

बुटवल । सम्पत्ति (जग्गा) हडप्ने लोभमा जिउंदो भाइको मृत्यु भएको भनेर मृत्यु दर्ता प्रमाणपत्र बनाउने दाजु रुपन्देहीमा पक्राउ परेका छन् ।

झुठो विवरण दिएर जिवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिएका तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कंडेल पक्राउ परेका हुन् । कंडेलले भाइ बेदुराम कंडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए ।

रोजगारीको सिलसिलामा भारतमा रहेका बेदुराम दुई वर्ष पछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाएर वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो । कंडेलले भाई बेदुरामलाई बौद्धिक अपांग रहेका र २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएको र काजकिरिया समेत आफैले गरिदिएको भन्दै मृत्यु दर्ताको लागि वडा कार्यालयमा निवेदन दिएका थिए ।

कंडेलले दिएको निवेदनमा चारजना व्यक्तिबाट सनाखत गराएपछि तत्कालिन वडा अध्यक्ष दिवाकर ढकालको रोहवरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता प्रमाणपत्र दिएका थिए । “ईन्द्रकुमारले चारजना स्थानीयको सक्कल नागरिकता सहित सनाखत गरेको निवेदन लिएर आएपछि वडा कार्यालयले मृत्यु दर्ता गरिदिएको हो ।” वडा सचिव ज्ञवालीले भने “ईन्द्रकुमारले सगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाइको मृत्यु भएको झुठो विवरण दिएको अहिले पत्ता लाग्यो ।”

बेदुराम अविवाहित रहेका र ईन्द्रकुमार बाहेक उनको अरु संरक्षक कोही नभएको निवेदनमा उल्लेख थियो । वडा कार्यालयका अनुसार भाइको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीको लागि पनि पाँचजनाबाट सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए ।

अहिले भाइ बेदुरामले आफु जिवित रहेको र आफ्नो मृत्युदर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुठो विवरण दिएर भाईको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरी थप कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

ईन्द्रकुमारले दिएका झुठो विवरणमा सनाखत गरिदिने व्यक्तिहरुबारे पनि अनुसन्धान भईरहेको अर्यालले बताए ।बुटवल टुडे

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?