एनएमबि बैंक भैरहवाको वित्तीय साक्षरता कार्यक्रम

भैरहवा । एनएमबि बैंक भैरहवा शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अवस्थित बृहस्पति कलेजका प्लस टु ब्यवस्थापन बिषय अध्यनरत करिब ५० जना विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अगस्ट महिनाभरी एनएमबि बैंकले देशभर कलेज लेभलका विद्यार्थीहरुलाइ बित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेकोछ । बैंकका आरएम इम्रान खान र बिडिएम जनार्जन पाण्डेले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए ।

उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख माधव प्रसाद घिमिरे तथा ब्यवस्थापन सन्काय कोर्डिनेटर सुजन पन्थले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रमबाट समय, सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुलेपनि सिकेको बताएका थिए ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?