संसदमा भदौ १२ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको बताए।

यसका लागि सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनु पर्छ। सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए।

संसदमा करिब एक महिनाको अवरोधपछि प्रधानमन्त्रीसँग तेस्रो पटक सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्रीसँग दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?