काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार गरेर एमालेमाथि आरोप लगाएर स्यालहुइँया मच्चाइएको आरोप लगाए । गिरीबन्धु चिया बगानमा भ्रष्टाचारको आरोप लगाइएको बारे ओलीले त्यसमा आफूहरूले कानुन मात्रै बनाइदिएको दाबी गरे।
आफूमाथि अनेक आरोप लगाइएको भन्दै ओलीले ओम्नी भनेको आफूले पत्रिका पढेर थाहा पाएको भन्दै उनले भने “ओम्नी भनेको मैले पत्रिकामा पढेको हो। अहिलेसम्म देखेको छैन । गर छानबिन । भ्रष्टहरूले हामीलाई उल्टै थर्काउने ?”
सुन तस्करी लुकाउन सत्तारुढ दलले पशुपतिको जलहरीमा केपी ओलीले सुन भनेर पित्तल चढायो भनिएको ओलीको टिप्पणी थियो।












