एनएमबि बैंकका ग्राहकलाइ विपसना फर्टिलिटि सेन्टरमा शतप्रतिशत सम्म छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र तिलोत्तमा जानकिनगर स्थित विपसना फर्टिलिटि सेन्टर प्रालि बीच एक सम्झौता भएको छ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत देखि शत प्रतिशत सम्म छुट पाउनेछन् । सेन्टरले दिने ओपिडी सेवामा पहिलोपटक जादा शत प्रतिशत, टिभिस सेवामा पहिलोपटक जादा ५० प्रतिशत, प्याथोलोजि सेवामा कर्मचारीको लागि १५ प्रतिशत र ग्राहकको लागि १० प्रतिशत, आइयुआइ सेवामा कर्मचारीको लागि १५ प्रतिशत र ग्राहकको लागि १० प्रतिशत, त्यस्तै आइभिएफ सेवामा कर्मचारीलाइ १० प्रतिशत र ग्राहकलाइ ५ प्रतिशत छुट हुनेछ ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र विपसना फर्टिलिटि सेन्टर प्रालिका निर्देशक एवं प्रशासन प्रमुख डाक्टर लक्ष्मी भट्टराईले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्र९एक०का बरिस्ठ क्षेत्रीय प्रबन्धक युवराज पाठक, मणिग्राम शाखा प्रबन्धक केशव खनाल, बिडिएम मधु तिवारी, हिरामणी खरेल एवं विपसना सेन्टरका डाक्टर शिला क्षेत्री र सुनिल थापाको उपस्थितिमा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र विपसना फर्टिलिटि सेन्टरका निर्देशक एवं प्रशासन प्रमुख डाक्टर लक्ष्मी भट्टराईले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुने एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले विस्वास व्यक्त गरे । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?