बुटवल । स्वाथ्य कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखको रूपमा शिव नेपाली सेवामा हाजिर भएका छन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ स्थायी घर भएका शिव नेपालीे आफ्नै जन्म जिल्लामा नै कार्यालय प्रमुख भएर आएका हुन्।
जन्मजिल्लामा पहिलो पटक कार्यालय प्रमुखको रूपमा सेवा प्रारम्भ गरेका नेपालीको स्वागत तथा सम्मान समेत गरिएको छ । बाबु राम बहादुर नेपाली र आमा रोमाकला नेपालको कोखबाट २०४८ सालमा जम्मीएका नेपाली वि.स. २०७२ सालमा स्वाथ्य कार्यालय बर्दियाबाट सेवा प्रवेश गरेका थिए ।
यस अघि प्रदेश स्वाथ्य तालिम केन्द्रमा कार्यरत नेपाली स्वाथ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रूपमा हाजिर भएका हुन् । स्वाथ्य अधिकृत नेपालीले जनताको सेवाको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले जनताको सेवा नै पहिलो प्राथमिकताका रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्ने प्रतिवद्धता जनाए ।












