बुटवल । पाल्पामा पानीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको पुर्वखोला गाउँपालिका–२ घर भई बगनासकाली गाउँपालिका–१ चिलाङ्दी डेरा गरी बस्ने अनन्त शारूकी छोरी १ वर्षीया अंशिका शारूको पानीमा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बालिकाको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । डुबेर अशक्त भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।












