बुटवल । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन् । उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।
यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा आए । माइतीको झल्कोले, बनाउँछु टिकटक सहित अहिले मादलु बजेर बोलको गीत सार्वजनिक भएको छ । अभिनव चौहानको शब्द/संगीत सिर्जना भित्र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र सुरेज श्रेष्ठले आवाज दिएका छन् ।
त्यसैगरी शुष्टी विश्वकर्मा, दिनेश पौडेल, आरुषी मगर र प्रकाश सोनीको नृत्य तथा अभिनय देख्न सकिन्छ । यम थापाको एरेन्ज सन्तोष तिमिल्सिनाको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको यस गीतमा एमोन रानाले निर्देशन गरेका छन् । गीत राजेश भण्डारी युटुब च्यानलबाट सार्वजनिक भएको छ।
भिडियाे हेर्नुहाेस्













