एक किलो सुनसहित महिला पक्राउ

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए।

नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताए।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?