थाइल्यान्डका राजाद्वारा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् । त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गरेकाे राजपत्रमा प्रकाशित गरिएको छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा मन्त्रालयको जिम्मेवारी पाएको छ । गठबन्धन साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

थाइल्यान्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसदमा नीतिगत वक्तव्य दिनुपर्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?