अर्घाखाँची : संघीय तथा प्रदेश सरकारको करिव ६६ करोड बजेट फ्रिज

अर्घाखाँची । अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको बजेट मध्ये करिव ६६ करोड बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार ८ सय ६१ रुपैयाँ फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेट मध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रुपैयाँ बजेट फ्रिज भएको हो । चालु तर्फ ६५ करोड ५३ लाख २१ हजार १ सय ९३ विनियोजित बजेट मध्ये १३ करोड २ लाख ७६ हजार २ सय २२ रुपैयाँ बजेट फ्रिज भएको छ ।

यस्तै संघीय सरकारको चालु तर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार ७ सय ४२ विनियोजित बजेट मध्ये १८ करोड ५३ लाख ७५ हजार ९ सय ३२ रुपैयाँ बजेट फ्रिज भएको छ भने संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड ९५ लाख ७२ हजार ६ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार ६ सय १६ रुपैयाँ बजेट फ्रिज भएको छ ।

अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारकाे चालु तथा पुँजीगत १ अर्ब ९९ सय कराेड १९ लाख १० हजार १ सय ९३ र संघीय सरकारको पुँजीगत र चालुतर्फ ६ अर्ब ९१ कराेड १७ लाख ३८ हजार ३ सय ४२ गरी ८ अर्ब ९० कराेड ३६ लाख ४८ हजार ५ सय ३५ रूपैयाँ बजेट विनियाेजन भएकाे थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?