आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ३ विकेटले हराएकाे छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपालले टस जितेर भुटानलाई ब्याटिङका लागि निम्तो दिएको थियो। भुटानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३९ रनमात्र बनाउन सक्यो ।
४० रनकाे विजयी लक्ष पाएकाे नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउदै ४१ रन बनाएकाे थियाे । याे संगै नेपालले लगातार तेस्रो खेलमा जित हात पारेकाे छ। यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई हराएको थियो।












