गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ ।
मालिका गाउँपालिका २ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ।
शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर हीराबहादुर घाइते भएका थिए । उनको नजिकैको स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि बेहोस अवस्थामा रहेकोले थप उपचारको लागि गुल्मी सदरमुकाम स्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।
गुल्मी अस्पतालले शनिबार राति हीराबहादुरको मृत्यु भएको घोषणा गरेको थियो ।