बुटवल । दाङमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको लमही नगरपालिका–९ रिहारस्थित सडकमा गढवाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ८०१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक गढवा गाउँपालिका–३ गोबरडिया बस्ने ४३ वर्षीय कालिचरण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












