एमाले लुम्बिनी अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।  यसअघि सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्। अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।

लुम्बिनी प्रदेशमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयत्न अन्तिम समयसम्म चलेको थियो। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई सम्बोधन गर्दै सहमतिबाटै नेतृत्व टुंग्याउन भनेपनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?